Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

माधव नेपालको षडयन्त्रमा फसेन एमाले, केन्द्रीय कमिटी बैठक बोलाइयो

2021-07-17 03-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, साउन २ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार महासचिव इश्वर पोखरेलले सोमवार ११ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनु भएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार बैठक तुल्सीलाल स्मृतिभवन च्यासलमा बस्नेछ । बैठकमा स्थायी कमिटीको निर्णय अनुमोदनसहित थप निर्णय गर्ने छ । शुक्रवार बसेको स्थायी कमिटी बैठकले एमाले एकता कार्यादलले दिएको १० बुँदे सहमति अनुमोदनसहित पार्टीलाईसक्रिय बनाउने निर्णय गरेको छ ।

बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले बैठक स्थगित गर्न बैठकमै आएर आग्रह गरे पनि अध्यक्ष ओलीले कार्यदलको सहमति नै एकताको आधार भन्दै अव थप कसैलाई कुरेर नबस्ने, पार्टी अघि बढने निर्णय सुनाउनु भएको छ । नेपालले नयाँ पार्टी गठनको गृहकार्य र शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेभित्री तयारी अघि बढाएर एमालेको काम अघि बढाउन नदिन यस्तो प्रयाश गरेको सूचना पाएपछि अध्यक्ष ओलीले पार्टी कामलाई अघि बढाउने निर्णय लिनुभएको हो ।

अवको बैठकमा नआउनेहरु एमालेको यात्रामा नरहने भएका छन । सवै कुरा सहमति भइसकेपछि पनि बिकाउ माल बनेर नेता नेपालले एमालेकै घरमा थप क्षती पुर्याउने नीति लिएको कारण एमालेले आफ्नो काम नरोकेको हो । स्रोतका अनुसार अव पनि बैठकमा नआउने नेताहरुलाई पर्खिएर समय थप वर्वाद नपार्ने निश्कर्षमा एमाले शीर्ष नेता पुगिसकेका छन ।


सम्बन्धित खबर