Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

पाँचथरमा आगलागीमा परी एक जनाको मृत्यु

2021-07-17 05-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

पाँचथर, २ साउन । आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीनानाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् ।

बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो ।

उनीसँगै घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीनानाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो ।

भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए । घाइतेमध्ये मृतक दीनानाथका भाई मदन भने निको भइसकेको बताइएको छ ।

आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय