Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

कञ्चनपुरमा मृतावस्थामा भेटिए साधु

2021-07-17 07-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

कञ्चनपुर, २ साउन : बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिङ्गामा बस्दै आएका अन्दाजी ७५ वर्षीय साधु किसन नाथ आज मृतावस्थामा फेला परेका छन् ।

साधु मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

“मृतकको शरीरको बाह्य क्षेत्रमा कुनै किसिमको चोटपटक लागेको छैन”, उहाँले भन्नुभयो, “हिजो बिरामी भएर उपचारका लागि गएको भन्ने बुझिएको छ । बिरामी परेर वा अन्य के कारणले मृत्यु भएको हो, त्यसबारे अनुसन्धान भइरहेको छ ।” साधु गिरी लिङ्गा क्षेत्रमा विगत चार वर्षदेखि बस्दै आएको बताइएको छ ।


सम्बन्धित खबर