Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

बुवाको किरियामा ग्याँस लिक भएर आगलागी हुँदा जलेर आमा-छोराको मृत्यु

2021-07-17 08-07 | Hamro Biratnagar                  

- सांकेतिक तस्वीर -
A+ A A-

बुवाको किरियामा बस्दा ग्याँस लिक भएर आगलागी हुँदा जलेर घाइते भएका फिदिम ४ जोरसालका ४९ बर्षीय दीनानाथ सापकोटाको निधन भएको छ ।

झापाको मेची अञ्चल अस्पतालमा शनिबार बिहान दीनानाथको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत जेठ २४ गते भगिरथ सापकोटाको मृत्यु भएपछि किरियामा बसेका उनकी श्रीमती सहित दुई छोराहरु जलेर घाइते भएका थिए ।

घाइतेमध्ये ७२ बर्षिया भगिरथकी श्रीमती चनमाय सापकोटाको उपचारका क्रममा जेठ २६ गते निधन भएको थियो ।

आमा र दाजुसँगै जलेर घाइते भएका मदन सपकोटा भने निको भएर घर फर्किएका छन् ।

घाइते तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि मेची अञ्चल अस्पताल लगिएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय