Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

बिहारमा विषाक्त मदिरा सेवनबाट १६ जनाको मृत्यु

2021-07-18 09-07 | Hamro Biratnagar                  

A+ A A-

एजेन्सी : भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट १६ जनाको मृत्यु भएको छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्ला केही दिनयता १६ जनाको रहस्यमय मृत्यु भएकाले विषाक्त मदिराबाट मृत्यु भएको अनुमान गरिएको हो।

बिहारको पश्चिमी चम्पारण जिल्ला प्रशासन कार्यालयबाट जारी भएको एक विज्ञप्तिअनुसार मृतकमध्ये ४ जनाको परिवारले मृत्यु भएका व्यक्तिले मृत्युअघि मदिरा सेवन गरेको बताएका छन्।

मृतकमध्ये २ जनाको परिवारले उनीहरु कुनै प्रकारको बिरामी रहेको जानकारी प्रशासन कार्यालयलाई दिएका छन्। बाँकी १० जनाको मृत्युको कारण स्पष्ट भइसकेको छैन। मृत्यु भएका सबै १६ जना बेतियाको लौरिया प्रहरी चौकी नजिकैको देउरवा गाउँका हुन्। ८ जनाको बिहीबार र बााकी आठ जनाको शुक्रबार मृत्यु भएको जनाइएको छ।

यसै शिलशिलामा विषाक्त मदिराका कारण बिरामी परेका एक पीडितको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरी एफआईआर दर्ता गरेको छ।

बिहारमा नीतिश कुमारको सरकारले २०१६ को अप्रिलदेखि देशभर मदिरा बिक्री र सेवन निषेध गरेको छ।

बीबीसी हिन्दी


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय