Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ

2021-07-18 10-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं : काठमाडौं महानगरपालिका १५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका(५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका १ घर भएका २५ वर्षीय अर्जुन मग्राती रहेका छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय