Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

उदयपुरबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

2021-07-18 12-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : उदयपुरबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।

उदयपुरको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका ९ बाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे ७५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित स्थानिय ३६ बर्षीय दिनेश खड्का, बेलका नगरपालिका २ का ३७ बर्षीय बिनोद परियार, बेलका नगरपालिका ७ का २८ बर्षीय मेजरमान राई र २९ बर्षीय बोगटी भनिने जिवन राई लाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय