Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

किन गुगलमा ‘फटाहा इन नेपाल’ सर्च गर्दा प्रधानमन्त्री देउवाको नाम आउँछ ?

2021-07-18 01-07 | Hamro Biratnagar                  

A+ A A-

गुगल सर्च इन्जिनमा तपाईंले यति बेला नेपालको फटाहा भनेर सर्च गर्नु भयो भने हालै प्रधानमन्त्रीमा नियुक्ति भएका नेपाली कांग्रेसका सभापथि शेरबहादुर देउवाको नाम अगाडि आउँछ ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन पश्चातबाटै गुगलमा ‘फटाहा इन नेपाल’ अथवा ‘फटाहा अफ नेपाल’ भनेर सर्च गर्दा उनको नाम र फोटो देखाउन थालेको हो । यसको कारण के हो त ? के गुगलमा देखिएको यस्तो घटना यो नै पहिलो घटना हो ?

‘गुगलले सर्च इन्जिनमा आउने रिजल्टलाई धेरै कुराले निर्धारण गर्छ,’ यसअघि डोनल्ड ट्रम्पको घटनामा गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले अमेरिकी कंग्रेसमा भनेका थिए, ‘यो सबै एल्गोरिदमको काम हो । हामी विभिन्न कि वर्ड लिन्छौं र त्यसलाई विभिन्न पेजसँग दाँजेर दुई सय भन्दा बढी सिंग्नल जस्तै लोकप्रियता, सान्दर्भिकता र समयसापेक्षता लगायतका विषयको आधारमा र्‍याङ्किङ गर्छौं ।’

 त्यसैका आधारमा गुगलले उत्कृष्ट परिणाम प्रस्तुत गर्ने गरेको उनको स्पष्टीकरण थियो । कुनै एक व्यक्तिले चाहेर गुगल सर्चको रिजल्ट फरक पर्ने होइन ।

कुनै समूहले चाहेर मात्र पनि हुने होइन । किन भने यसमा धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । यो प्रयोगकर्ताले के गरिरहेका छन् भन्ने विषयले निर्धारण हुने कुरा पनि पिचाईले बताएका थिए । अग्रेंजी पत्रिका हिमालसञ्चारको सहयोगमा


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय