Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

एमालको निर्णय : देउवालाई विश्वासको मत दिने नेताहरु एमालेमा रहँदैनन्

2021-07-18 02-07 | Hamro Biratnagar                  

??????????????????
A+ A A-

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए ।

उनले आज विहान भएको भेटमा माधव नेपालले आफू एक्लोले भएपनि पक्षमा मतदान गर्ने बताए सगै एमालेको स्थायी कमिटीले यस्तो निणर्य गरेको बताए ।

सर्वोच्चको परमादेशपछि देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

देउवाले प्रधानमन्त्री नियुक्त भएको एक हप्ताभित्र विश्वासको मत लिन लागेका हुन् ।

२६४ सदस्य रहेको प्रतिनिधि सभामा बहुमतको लागि १३३ मतको आवश्यकता पर्दछ । काँग्रेसको ६३ र मा‌‌ओवादीको ९सभामुख बाहेक० ४८ जना जोड्दा १११ पुग्छ । जसपाको ३२ जनामा यादव समूहका भएका कम्तिमा १६ जनाले देउवाको पक्षमा मतदान दिँदा १२७ पुग्छ ।

माधव समूहबाट ६ जनाले देउवालाई विश्वासको मत दिएको खण्डमा देउवा सरकारले बाँकी अवधिसम्म सरकार चलाउन पाउँछ ।


सम्बन्धित खबर