Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

७१ अंकले बढेर नेप्सेले गर्‍यो नयाँ आर्थिक वर्षको स्वागत

2021-07-18 03-07 | Hamro Biratnagar                  

A+ A A-

चालु आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो ।

पहिलो कारोबारमा नै अप्रत्याशित उछाल आएपछि यतिबेला सबै कम्पनीका सूचक हरियाली बनेका छन् भने  लगानीकर्ता पनि बजारको नयाँ यात्रा देखेर उत्साहित बनेका छन् ।

यो समाचार तयार पार्दासम्म शेयर बजार परिसूचक नेप्से ७१ दशमलव ७६ अंकले बढेर २९५५ दशमलव १६ अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि ७ अर्ब ८६ करोडको हाराहारीमा पुगेको छ ।

हरियाली बजारमा कारोबारमा आएका २ सय २० कम्पनीमध्ये १ सय ६९ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा ङादी ग्रुप पावर कम्पनी र सिँगटी हाइड्रो इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै सिद्धार्थ बैंक र हिमालयन पावर पनि सर्किट हान्ने तरखरमा छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय