Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

थप १ हजार ८०१ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

2021-07-18 05-07 | Hamro Biratnagar                  

A+ A A-

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै यो अवधिमा १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ६२८ जनाको पीसीआर र ३ हजारको एन्टिजेन गरी ९ हजार ६२८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ६७ हजार १०९ जनामा कोरोना पुष्टि हुँदा ९ हजार ५५० जनाको मृत्यु भएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय