Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

माधव पक्ष विभाजित- नेपालसहित केही सांसद देउवाको पक्षमा, अरु ‘नो भोट’मा

2021-07-18 08-07 | Hamro Biratnagar                  

A+ A A-

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा नेकपा एमालेको माधव नेपाल समूह विभाजित भएको छ । नेपालसहित समानुपातिक सांसद र अन्य केही प्रत्यक्ष निर्वाचित सांसदले विश्वासको मत दिने भएका छन् ।

तर वार्ता कार्यदलमा रहेका सुरेन्द्र पाण्डेसहित अन्य प्रत्यक्ष निर्वाचित सांसद भने ‘नो भोट’ को पक्षम उभिने भएका छन् । संसद सचिवालयले विश्वासको मतको पक्ष वा विपक्षमा मत दिन नचाहने सांसदको लागि ‘मत दिन्न’ भन्ने अलग्गै व्यवस्था समेत गरेको छ ।

संसद जोगाउन चाहिने वहुमत देउवाको पक्षमा पुगेकाले माधव पक्षका केही सांसद नो भोटमा जान लागेका हुन् । नेपाल पक्ष अहिले पनि छलफलमा छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय