Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

देउवाले पाए विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३ मत

2021-07-18 10-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्‍वासको मत प्राप्त गरेका छन्।

प्रधानमन्त्री देउवाले विश्वासकाे मत पाउँ भनी आइतबार प्रतिनिधि सभामा प्रस्ताव पेस गरेका थिए।

प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ मत परेकाे सभामुख अग्नी सापकाेटाले जानकारी दिएका छन्। यसैगरी विश्वासकाे मतकाे विपक्षमा ८३ मत परेको छ। प्रतिनिधि सभामा सभामुखसहित २४९ जना सांसदकाे सहभागीता रहेकाे थिए।

सर्वाेच्च अदालतको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साेही अनुसार प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिएका हुन्।

विश्वासकाे मत पाएसँगै प्रधानमन्त्री देउवा प्रतिनिधि सभाको बाँकी कार्यकालका लागि प्रधानमन्त्री बनेका छन्।

 


सम्बन्धित खबर