Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

ओली पक्षका यी आठ सांसदले देउवालाई दिए विश्वासको मत

2021-07-18 10-07 | Hamro Biratnagar                  

??????????????????
A+ A A-

एमालेको संस्थापन पक्ष अर्थात् केपी ओली पक्षमा रहेका आठ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन्। केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेसहित आठ सांसदले देउवालाई विश्वासको मत दिएका हुन्।

त्यस्तै तनहुँबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन्। उनीहरु विश्वासको मतका पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै लबीमा प्रवेश गरेका थिए। देउवालाई मत दिन ओली समूहका अन्य सांसदमा हीरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन छन्।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसद एमालेमा नरहने बताएका थिए। पार्टीको स्थायी कमिटी बैठकपछि आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रतिपक्षीले सरकारलाई विश्वासको मत दिने कुरै हुँदैन भन्दै एमालेका कोही सांसदले देउवालाई मत दिए ती सांसद एमालेमा नरहेको स्वतः स्पष्ट हुने बताएका थिए।


सम्बन्धित खबर