Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

मेची अस्पतालमा विरामीका आफन्तद्वारा डाक्टरमाथि कुटपिट

2021-07-19 11-07 | Hamro Biratnagar                  

{"caption":"u091du093eu092au093eu0915u094b u092du0926u094du0930u092au0941u0930u0938u094du0925u093fu0924 u092eu0947u091au0940 u0905u0938u094du092au0924u093eu0932u0915u094b u092du0935u0928 u0964 u0924u0938u094du092cu093fu0930 : u0905u0930u094du091cu0941u0928/u0915u093eu0928u094du0924u093fu092au0941u0930u00a0 u00a0u00a0","photographer":"","alt_text":""}
A+ A A-

झापाको मेची अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि हातपात भएको छ। अस्पतालमा कार्यरत डा मनोज कुमार साहका अनुसार अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर केवल कपुरीमाथि हातपात भएको हो।

झापा हल्दिबारीका करिब ४० वर्षिया पुष्पराज निरौला नाम गरेका व्यक्तिले आइतबार बेलुका करिब ५ बजे आकस्मिक कक्षमै कुटपिट गरेको डा साहले स्वास्थ्यखबरलाई बताए।

निरौलाले आफ्नो श्रीमतिलाई वान्ता आउने, टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि आएका थिए। तर स्वास्थ्य उपचारप्रति असन्तुष्टि जनाउदै अपशब्द बोल्दै आफुमाथि थप्पड हानेको पिडित चिकित्सक निरौलाले बताए।

‘आफ्नो बिरामीलाई मात्र हेर्नुपर्ने जसरी अपशब्द बोल्दै थप्पड हाने,’ पीडित चिकित्सकले भने, ‘म माथि थप्पड हानेपछि प्रतिकार गर्न खोज्दा ती व्यक्ति पनि लडे।’

बिरामीका आफन्तले ड्युटीमै रहेको समयमा कुटपीट गरेपछि सुरक्षाको माग गर्दै आफू प्रहरी कार्यलयमा पुगेको पीडित चिकित्सक कपुरीले जानकारी दिए।

‘अस्पतालमा असुरक्षा हुने अवस्था आएपछि अहिले हामी उजुरी दिन प्रहरी कार्यालयमा आइपुगेका छौं।’


सम्बन्धित खबर