Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

इटहरीमा अटो दुर्घटना हुँदा एक् जनाको मृत्यु

2021-07-19 11-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिका ३ मा आईतवार भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ ।

ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा अटोमा सवार रहेकी ईटहरी(४ की ३३ बर्षीया रिया पोखरेल घाईते भएकी थिईन् ।

घाईतेलाई उपचारको लागी बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेरको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

 


सम्बन्धित खबर