Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

हत्यामा सग्लग्न रहेको आरोपमा भोजपुरका युवराज राई पक्राउ

2021-07-19 11-07 | Hamro Biratnagar                  

A+ A A-

भोजपुरको साल्पासिलिचो गाउँपालिका ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ बर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् ।

असार ३० गते खाँदवारी नगरपालिका ९ का ४७ बर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परे संगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजले घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ


सम्बन्धित खबर