Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, देउवालाई विश्वासको मत दिने सांसदलाई कारबाही हुन सक्ने

2021-07-19 12-07 | Hamro Biratnagar                  

A+ A A-

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। एमाले असन्तुष्ट पक्षले बन्दै आएको १०औं बैठक बोलाइएको हो।

दस बुदे सहमतिपछि बस्न लागेको एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो। बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बसेको छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ।

आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने एमाले स्रोतले जानकारी दिएको छ। बैठकमा माधव नेपाल पक्ष भने आएको छैन।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय