Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

पाकिस्तानमा भयनाहक दुर्घटना : २७ जनाको मृत्यु, ३० घाइते

2021-07-19 01-07 | Hamro Biratnagar                  

A+ A A-

एजेन्सी । पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै भएको घटनाका कारण अरु ३० जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

तिव्र गतीमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्कीदाँ दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीहरुले जनाएका छन् । घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ताहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय