Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

विराटनगरको बिजुली अफिस अगाडि मोटरसाइकलमा एक पुरुष मृत भेटिए

2021-07-19 09-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको बिजुली अफिस अगाडि मोटरसाइकलमा बसेकै अवस्थामा एक पुरुष मृत भेटिएका छन् ।

सोमबार राति करिब ८:३० बजेतिर को ४ प २३१६ नम्बरको हिरो होन्डाको स्प्लेन्डर मोटरसाईकलमा विराटनगर ५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् ।

यतिबेला प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर