Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित

2021-07-20 05-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौँ, ५ साउन : नेकपा (एमाले) को जारी केन्द्र्रीय कमिटीकोे बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वोच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा छलफल शुरु भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

सोमबारको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


सम्बन्धित खबर