Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

सर्लाहीमा करेन्ट लागेर एक पुजारीको मृत्यु

2021-07-20 06-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

सर्लाहीको दक्षिणी भेगस्थित बसबरियामा करेन्ट लागेर एक जना पुजारीको ज्यान गएको छ ।

बसबरिया गाउँपालिका–६, सोहड्वामा रहेको राम जानकी मठका पुजारी विष्णु गाउँपालिका–८, बत्रौलका ६० वर्षीय किशोरी दास बैरागीको करेन्ट लागेर ज्यान गएको हो । दास सो मन्दिरमा बिगत ४५ वर्षदेखि पुजारी बस्दै आएका थिए । उनलाई भजन किर्तनका लागि मन्दिरको बरण्डामा माइकको तार जोड्न खोज्दा करेन्ट लागेर घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।


सम्बन्धित खबर