Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

चिनियाँ खोपको वास्तविकता के हो ?

2021-07-20 08-07 | Hamro Biratnagar                  

A+ A A-

  • शिवम मिश्र प्रशान्त

नेपालका डोल्पा जिल्लाका व्यवसायी जीवन हंकिमले आफ्ना दुई बच्चाहरूको पढाइको लागि स्थायी रूपमा काठमाण्डौं बसोबास गर्ने निर्णय गरेका छन् । झापा जिल्लाका स्थानीय सिद्धिराज बराल काठमाडौंको स्कुल र कलेजमा वर्षौं बिताएर आफ्नो खेत जग्गाको हेरचाह गर्न घर फर्के । आफ्नो उमेरका पचासौं दशकका दुई शिक्षित नेपाली युवाहरू वीचमा काठमाडौंका सबै साँघुरो गल्लीहरू औंलाको टुप्पोमा थाहा गन्न सक्ने क्षमता बाहेक केही समानता छैन । जीवनका विभिन्न दृष्टिकोणहरूको बावजुद तिनीहरू ‘विश्वसनीयता’ को उच्च स्तरमा विश्वास गर्दछन् र उनीहरुका लागि धोखाधडीको कुनै ठाउँ छैन आफ्नो जीवनमा । हामी किन उनीहरूको बारेमा कुरा गर्दैछौं ? यतिबेला आधा विश्व अझै पनि कोरोना महामारीको दोस्रो छालको विरूद्ध संघर्ष गरिरहेको छ । यद्यपि हामी घातक उत्परिवर्ती भाइरसलाई सम्बोधन गर्न विभिन्न तरिका र विधिमा छलफल नगरी आगामी सम्भावित जोखिम र द्वन्द्वको निरुपणसहित न्याय गर्न सक्दैनौं । अहिले विश्वमा अर्थव्यवस्था चकनाचुर पार्दै र अनावश्यक दबाबसहित सार्वजनिक स्वास्थ्य प्रणालीलाई चलाउँदैछ ।

यो मिल्दो कुरा हो कि जब हामी कोरोनाको बारेमा कुरा गर्छौं, सबैको आँखा चीनतर्फ फर्कन्छ । विनाशकारी निरन्तर उत्परिवर्तन भइरहने भाइरसको पूर्वनिर्धारित जन्मभूमि र यसकोे गर्भमा यो भाइरसको उत्पतिको कथा लुकेको सबैको मान्यता छ । सन् २०२० भरि नै निरन्तर संसारभरिकै सञ्चार क्षेत्र र नागरिकबाट आलोचना भएपछि चीनले कोविड–१९ विरुद्धको खोप सहयोगमार्फत धेरै भन्दा धेरै देशहरुमा पुग्न आफ्नो छबिलाई उजिल्याउन कोशिस गरिरहेको छ । यो खोप शुरु गर्ने चीन पहिलो राष्ट्र थियो भन्ने तथ्यलाई पक्कै पनि इन्कार गरिएको छैन । २०२० को बीचमा लगभग एक वर्ष अगाडि कोविड–१९ विरुद्धको खोप व्यावसायिक रूपमा सञ्चालन गरियो । यद्यपि कम्युनिष्ट देश चीनले कमजोर साझेदार देशहरूलाई खोप आपूर्ति र सडक निर्माणलाई लिएर विवादास्पद समस्या पैदा भयो । यो विषालु बेल्ट र रोड इनिसिएटिभ (बीआरआई) परियोजनाहरूको स्वार्थसँग गाँसिएको छ । उदाहरणको लागि पूर्वीय र मध्य यूरोपेली देशहरूमा प्रभुत्व विस्तारका लागि यो सब गरिँदैछ भने नेपाल, श्रीलंका र बंगलादेशमा स्पष्ट रूपमा सबै रणनीतिक लाभका लागि ।

मौलिक प्रश्न भनेको चिनियाँ खोपहरूको प्रभावकारिता, क्षमता र सुरक्षासँग सम्बन्धित छ । पारदर्शी सहकर्मी समूह वा क्लिनिकल परीक्षण डाटाको संस्थागत छानबिन सुनिश्चित नभई विश्वासको पूर्ण प्रत्याभूति हुन्न । कोभिड–१९ विरुद्धका खोप लगायत सबै प्रकारका खोपको विकास एक कडा मेहनतको साथ गरिने कष्टसाध्य प्रक्रिया हो । यसका लागि पर्याप्त समय, पैसा र संसाधनहरूको लगानीको आवश्यकता पर्छ । यसका लागि फरक उमेर, लिंग, बिरामी प्रोफाइललाई केन्द्रमा राख्नुपर्छ भने देशीय, क्षेत्रीय, जातीय र अन्य समयबद्ध विविधताको परीक्षणसँग सम्बन्ध हुँदैन । कुनै पनि खोप विकासको पारिस्थितिक प्रणालीको आधारशिला स्पष्ट पारदर्शितापूर्ण, वैज्ञानिक समुदायबाट परीक्षण, तथ्यको विस्तृत प्रसार वा छानबिन सहितको हुनुपर्छ । साथै सम्भावित र अव्यक्त दुष्प्रभावहरूको बारेमा विचार गरिएको हुनुपर्छ । चिनियाँ खोपको मामलामा माथि उल्लेखित प्रमुख आधाररू हराइरहेका छन् र महत्वपूर्ण कुरा भनेको चीनका अधिकारीहरूले गोप्यताका पर्दाहरू भित्र खोप विकास चरणहरूलाई सुदृढ गर्दै, प्राप्तकर्ता देशहरूसँग क्लिनिकल परीक्षण रिपोर्टहरू साझेदारी गर्न इन्कार गर्दै छन् । यी सबै गुप्त योजनाहरू जसले सार्वजनिक स्वास्थ्य सेवाको लागि पनि डर र शंकालाई बढावा दिन्छन् ।

फलस्वरूप विश्वासको घाटा बढाउँदै जाँदा कुनै पनि नयाँ खोपले खोपको सम्बन्धमा शंकास्पद र रूढिवादी सोचनै हावी भएर आउँछ । अर्को महत्वपूर्ण कुरा भनेको कोरोना भाइरस महामारी विरुद्ध काम गर्ने चिनियाँ स्वास्थ्य सेवा उत्पादनहरूको दक्षता र प्रभावकारिताको विगतको कीर्तिमान पनि उत्साहजनक भएको छैन । भाइरसले संसारमा विपत्ति ल्याइसके पछि चिनियाँ टेस्ट किटहरूको प्रभावकारिताका सम्बन्धमा नराम्रा खबर बाहिर आएका थिए । स्पेनले लाखौं टेस्ट किट फिर्ता पठाए किनकि ती किटहरू दोषपूर्ण प्रमाणित भए । त्यस्तै चेक गणतन्त्रमा चीनले पठाएको ८० प्रतिशत परीक्षण किटहरू दोषपूर्ण भए । चलनचल्तीको उखानै छ ‘एक पटक टोकाइ दुई पटक लाज’ । चिनियाँ खोपहरू कतिपय देशहरूले दबाबमा स्वीकार गरेका छन्, धेरै जसो उदार पश्चिमी लोकतन्त्र अझै पनि चिनियाँ खोपको उपयोगका बारे निर्णय लिनमा सुस्त छन् र ढिलाढाला गरिरहेका छन् ।

अहिलेसम्म चीनले आफूले उत्पादन गरेको खोपको प्रभावकारिता र हुनसक्ने दुष्प्रभावको बारेमा आम जनमानसमा भएको शंका निवारण गर्न असफल भएको छ । हालसम्म चीनले क्लिनिकल परीक्षण प्रक्रियाको महत्वपूर्ण चरणहरू पूरा नगर्ने, चरणहरु नाघेर जाने र छिटो नियामक अनुमोदनका लागि कानूनको प्रक्रियालाई रोक्ने क्रममा छोटो परिक्रमण गर्ने जस्ता काम गरिरहेको छ । चाखलाग्दो कुरा यो छ कि चिनियाँ सञ्चारक्षेत्र चिनियाँ खोपहरूको आफ्नै अनुमानित र काल्पनिक कथाहरू रचना गर्दै चिनियाँ खोपको प्रभावकारिताको विज्ञापन गर्दै घमण्डसहित रमाइरहेका छन् । उनीहरु विश्वका सबैभन्दा प्रसिद्ध फार्मास्यूटिकल कम्पनीहरूले बनाएको खोपको प्रभावकारितालाई पनि कम आँक्न र आम जनमानसमा भ्रम छर्न राज्य प्रायोजित प्रचारको जाल बिछ्याइरहेका छन् ।

यतिबेला धेरैजसो विश्वव्यापी सञ्चारक्षेत्र लगातार कसरी चिनियाँ खोपको प्रभावकारिता संसारमा सबैभन्दा कम छ भनेर संसारले नै सुन्ने गरी बताइरहेका छन् । सबैभन्दा पहिले, श्रीलंका एसियाका प्रथम देशहरूमध्ये एक थियो जसले चिनियाँ खोपहरूको पछाडि भएको राजनीतिलाई बुझ्यो र फलस्वरूप धेरै सुरक्षित र भरपर्दो भारतीय खोप रोज्यो । सानो हिमालयन देशलाई चिनियाँ खोपहरू स्वीकार्न दबाब दिंदा हाम्रो उत्तरी छिमेकीले के गर्न सक्छ भन्ने कुराको लागि यसले जोड दिन्छ । महत्वपूर्ण कुरा, नेपालको नजिकको छिमेकी रहेको भारतले नेपाललाई कोभिड–१९ विरुद्धको खोप पठाउन प्राथमिकता दिने पहिलो देश बन्यो । भारतले आफ्नै नागरिकहरूलाई आवश्यकता पर्दापर्दै नेपाललाई मित्रताको रुपमा र सद्भावनाको रुपमा नेपाललाई खोप पठायो । काठमाडौंमा भारतीय खोपहरूको आगमनले नेपालीहरूलाई ठूलो राहतको महसुस भयो । यद्यपि थप खोपहरु आपूर्ति गर्न भारत प्रतिबद्ध रहेको छ, कोभिड–१९ को सक्रिय बिरामी भारका कारण अचानक बढेको दोस्रो लहरले कमजोर बनाउँदा भारतको नेपाललाई खोप आपूर्ति गर्ने समयरेखा बिग्रियो । यसै आधारमा चीनले भारतीय उपमहाद्वीपमा खाली ठाउँ देखेर रणनीतिक चालमा स्वास्थ्य सेवाको शून्यता भर्नको लागि पछाडिको ढोकाबाट प्रवेश ग¥यो र चीनले खोपहरू सानो हिमालयन राष्ट्रतर्फ धकेलिरहेको छ ।

यदि हामीले माथि उल्लेखित स्पष्ट भिन्नताहरूलाई हेरेमा वित्तीय विवेकको दृष्टिकोणबाट विचार गर्दा चिनियाँ खोपहरू भारतीयको तुलनामा धेरै महँगा हुन्छन्, जसमा उच्च व्यवस्थापन लागत र अन्तर्निहित आपूर्ति श्रृंखला अवरोधका मुद्दाहरू समावेश छन् । एक राम्रो उद्धारकर्ताको खोप खरिदलाई उदार आर्थिक सहयोग दिएर चीनले वास्तवमा गरिब देशहरुलाई ऋणको जालमा हाल्ने प्रयास गरिरहेको छ । सामान्यतया यसलाई खोप कूटनीति भनिन्छ, चिनियाँ खोप सकेसम्म धेरै देशहरुमा पु¥याउने कोशिस भइरहेको छ । यो स्पष्ट छ –चीन कोभिड–१९ को महामारीलाई पूँजीकृत गर्न चाहन्छ । संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, नेदरल्याण्ड्ज, स्वीडेन, दक्षिण कोरिया, फ्रान्स, अष्ट्रेलिया, क्यानाडाजस्ता नेतृत्वशाली देशहरु चिनियाँ खोपको नकारात्मक समीक्षा र मूल्यांकन गरिरहेका छन् । चाखलाग्दो कुरा यो छ कि हङकङ विश्वविद्यालयले गरेको एक सर्वेक्षणात्मक अनुसन्धान अनुसार लगभग ६१ प्रतिशत मानिसहरु चीनमा निर्मित खोप लगाउन चाहँदैनन् ।

यसले हामी सामुन्ने प्रश्न उभ्याउँछ– किन मानिस चिनियाँ खोप चाहँदैनन् ? जीवन हांकिम र सिद्धिराज बरालजस्ता मानिसको बारेमा हामीले किन कुरा गर्नुपर्छ र उनीहरु हाम्रो छलफलमा किन अगाडि छन् भने जीवन भारतीय खोप लगाउने मध्येका एक हुन् र उनी दोस्रो डोजको पर्खाइमा छन्, तर यो अहिले उपलब्ध छैन । उनको बेचैनी बढिरहेको थियो, तर विशेषज्ञहरुले कोभिशिल्ड लगाएको १२ हप्तापछि मात्र दोस्रो मात्रा लगाउनुपर्छ भनेपछि उनले राहत महसुस गरेका छन् । बराल शुरुमा खोपप्रति सकारात्मक थिएनन्, तर अहिले उनी खोप लगाउन व्याकुल छन् । उनी चिनियाँ खोपका सट्टा भारतीय खोपको प्रतीक्षामा छन् । चिनियाँ खोप त आइसकेको छ, तर उनी अहिले चिनियाँ खोपका लागि लामो लहरमा उभिन हतारिरहेका छैनन् । हंकिम र बराल दुबै उनीहरूको कुराकानीमा निष्पक्ष र सिधासादा थिए । ती दुवै व्यक्तिको स्पष्ट रूपमा चिनियाँ भ्याक्सिनको बारेमा स्पष्ट छन् । उनीहरु आशावादी छन् भारत कोभिड – १९ विरुद्धको खोपको पहिलो र दोस्रो डोज दुवै आपूर्ति गरेर तुरुन्तै प्रवेश गर्नेछ किनभने नेपाली जनताको ठूलो हिस्सा उत्सुकताका साथ भारतीय खोपको प्रतीक्षा गरिरहेको छ ।

भारत नै किन ?

यसै बीच एक विदेशी समाचार च्यानलले भारतीय खोप र नेपाल पृष्ठभूमिमा रिपोर्ट गरेको छ । ‘नेपालले उपलब्धता, विश्वसनीयता, सुरक्षा र सुहाउँदो र उचित मूल्य निर्धारणको आश्वासन, आपूर्तिको सहजता अनेक कारणले भारतीय खोपहरूलाई प्राथमिकता दिन्छ’, ‘भारतले नजिकैको छिमेकीहरूलाई खोपहरू आपूर्ति गर्ने वाचा गरेको छ’ लगायतका समाचार बढी आशावादिता जगाउने खालका छन् र सबै कोणबाट नेपालले भारतीय खोप लिनु बढी लाभदायक हुन्छ ।


सम्बन्धित खबर