Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

विराटनगरमा दैनिक बढ्न थाले कोरोना संक्रमित, उपत्यकामै सिमित जोन्सन एण्ड जोन्सन खोप

2021-07-20 10-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : विराटनगरमा कोरोना संक्रमण बढ्न थालेको छ। पछिल्लो एक महिनादेखि घट्न थालेको संक्रमण पुनः बढ्न थालेको हो।

मंगलबार विराटनगर महानगरपालिकाभर ७२ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार महानगरपालिकाभर ८१ जनाको पीसीआर परीक्षण गरिएको छ।

साउन १ मा १२० जना, २ मा २२, ३ मा २९ जना र ४ मा ५१ जनामा कोरोना पुष्टि भएको थियो। एन्टिजेन परीक्षणमा पनि पीसीआर परीक्षणकै हाराहारीमा पोजेटिभ रिपोर्ट आउने गरेको गरेको छ।

विराटनगर महानगरपालिकाभर हालसम्म १४८ जनाको मृत्यु भएको छ।

उपत्यकामा सिमित जोन्सन एण्ड जोन्सन खोप

काठमाडौंमा साउन ४ गते सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो डोज लगाउन थालिएको छ । अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीमार्फत सहयोगमा आएको खोप काठमाडौंमा हिजोदेखि लगाउन थालिएको हो।

यस्तै उपत्यकाको ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ ।

तर उपत्यका बाहिरका पालिकाले भने अहिलेसम्म जोन्सन एण्ड जोन्सनको खोप पाएका छैनन् । विराटनगर महानगरपालिकाले पनि जोन्सन एण्ड जोन्सनको खोप पाएको छैन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइने छ।

विराटनगर महानगरपालिकाले पहिलो चरणको भेरोसेल खोप समेत अपुग भएको भन्दै अन्तराष्ट्रिय निकायहरुसँग खोप माग गरेको थियो ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय