Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

१९ जिल्लाले अझै पठाएनन् एसईई मूल्यांकन विवरण

2021-07-21 01-07 | Hamro Biratnagar                  

A+ A A-

राष्ट्रिय परीक्षा बोर्डले तोकेको समयावधि नाघिसक्दा पनि १९ जिल्लाले अझै एसईई मूल्यांकन विवरण पठाएका छैनन् । परीक्षा नियन्त्रण कार्यलयले हालसम्म ५८ जिल्लाले मात्र विवरण पठाएको बताएको छ ।

परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार अतिविकट क्षेत्रका कर्णली, हुम्ला, जुम्ला, मुगुजस्ता जिल्लाबाट विद्यार्थीको मूल्यांकन आइपुगेका छैनन् । त्यस्तै सुगम भनिएका मोरङ, सप्तरी, पर्सा र रौतहट जिल्लाले पनि अझै विवरण पठाएका छैनन् ।

परीक्षा बोर्डले भने एसईई मूल्यांकन कार्यविधि सार्वजनिक गर्दै असार मसान्तसम्म सबैतिरबाट नतिजा पठाइसक्नु पर्ने बताएको थियो । विद्यालयले २० असारभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा र उसले असार मसान्तभित्र परीक्षा बोर्डमा पठाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

तर, हालसम्म पनि कतिपय जिल्लाले मूल्यांकन विवरण नपठाएकोले एसईई नतिजा समयमा निकाल्न नसक्ने अधिकारीको भनाइ छ । यसअघि साउन १५ अगावै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले बताएको थियो । तर, जिल्लाहरूले कहिले मूल्यांकन पठाउँछन भन्ने यकिन नभएकोले केही ढिलो हुने देखिएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय