Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रधानमन्त्री देउवाले भने– नयाँ भेरियन्टको डर बढ्यो

2021-07-21 02-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कोभिडको नयाँ भेरियन्टको डर बढेको बताएका छन् ।

नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ भेरियन्टको चर्चाले थप डर बढेको बताए ।

कोभिड प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने पनि प्रधानमन्त्रीको भनाइ छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न कोभिड भ्याक्सिनसंगै राहतको प्याकेज ल्याउने बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय