Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

नेपालमा थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

2021-07-21 05-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६९७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएको उनले बताए ।

पछिल्लो २४ घण्टामा १४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको प्रवक्ता पौडेलले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय