Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

प्रधानमन्त्री–प्रचण्ड खटपटको संकेत, माओवादीले बैठकबाटै लगायो घुर्की

2021-07-21 07-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, साउन ६ । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्ट बनेका संकेत दिएको छ । सरकार गठनको एक साता नबिल्दै माओवादीले स्थायी कमिटी बैठकबाटै प्रस्ताव पारित गरेर प्रधानमन्त्री सहमतिबिपरित चल्न थालेको संकेत दिएको हो ।

माओवादीले सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न आह्वान गर्दै असन्तुष्टिको सन्देश दिएको एक नेताले जनताटाइम्सलाई बताए । प्रधानमन्त्री देउवाले मंगलवार भएको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको तीन ओटा प्रस्ताव ठाडै अस्वीकार गर्नुभएको थियो । माओवादीले प्रधानमन्त्री देउवाको सो अडानलाई एक्लै चल्न खोजेको रुपमा बुझेर बैठकबाटै प्रधानमन्त्रीलाई नै न्यूनतम साझा कार्यक्रमको आह्वान गरेको हो ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरु तुरुन्तै तय गर्न सत्ता गठबन्धनलाई आह्वान गरेको छ । आह्वानसँगै माओवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम तय गर्न पार्टीको तर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन दिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय