Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

2021-07-22 10-07 | Hamro Biratnagar                  

A+ A A-

चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्‍यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् ।

यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक व्यवहारको खुलासा गरेकी थिइन् । क्रिस र कम उमेरका केही किशोरीहरूसँग कथित कुराकानी डू मीजुले फेसबुक, ट्विटरमा शेयर गरेकी छन्, जहाँ र्‍यापर क्रिसले उनीहरूलाई कला क्षेत्रमा स्थापित गराइदिने, म्युजिक भिडियोमा खेलाइदिने भन्दै यौन सम्बन्धका लागि लोभ्याएको सुनिन्छ ।

उनको दाबीअनुसार क्रिसले कम उमेरका किशोरीहरूलाई घर बोलाएर रक्सी पिलाउने र यौन सम्पर्क गर्ने गरेका छन् । चीनियाँ अखबार ग्लोबल टाइम्समा डू मीजुले भनेकी छन्, 'आफ्नो कुरा बाहिर नल्याउन क्रिसले मलाई  ७७ हजार १ सय ६६ डलर दिन खाेजेका थिए ।'

गायन सँगसँगै 'मिस्टर सिक्स' (२०१५), 'जर्नी टु दि वेस्ट : द डेमन्स स्ट्राइक ब्याक' (२०१७), 'त्रिपल एक्स : रिटर्न अफ जान्डर केज' र 'भलेरियन एण्ड दि सिटी अफ अ थाउजेन्ड प्लानेट्स'मा अभिनय गरेका क्रियकाे करिअर याे घटनापछि धरापमा परेकाे बताइन्छ ।

क्रिसले भने यस्तो आरोप इन्कार गर्दै डू मीजुविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन् । यो घटनापछि क्रिसको खुबै आलोचना भइरहेको छ । कतिपयले उनलाई देश छोडेर जानसमेत भनेका छन् । न्युयोर्क टाइम्सका अनुसार कम उमेरका किशोरीहरूलाई यौन सम्पर्कका लागि प्रलोभन देखाएको आरोपपछि नामुद ब्याण्डहरूले उनीसितको सम्झौता तोडेका छन् । लुइस भुटाेन, बुल्गारी, पाेर्स, लाेरियलसहितका ११ कम्पनीले सम्झाैता रद्द गरेका हुन् ।

के-पप ब्यान्ड EXO को सदस्यका रूपमा एसियामा वू चर्चित थिए । सन् २०१४ मा चीन गएर उनले र्‍याप गीत, अभिनयमा काम थालेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय