Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

गोली हानी एक पुरुषको हत्या

2021-07-22 12-07 | Hamro Biratnagar                  

A+ A A-

चितवनमा मृत भेटिएका पुरुषको गोली हानी हत्या गरिएको खुलेको छ ।

भरतपुर महानगरपालिका–१७ सिमलडाडा नहरमा बिहीबार बिहान एक पुरुष मृत भेटिएको थिए । मृतकको सनाखत हुन भने बाँकी रहेको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रहरीको प्रारम्भीक अनुसन्धानले ती पुरुषको गोली हानी हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाले बताए ।

‘मृत भेटिएका पुरुषको गोली हानी हत्या भएको देखिन्छ । उनको टाउकोमा गोली लागेको छ । हामी थप अनुसन्धान गर्दैछौँ,’ डीएसपी थापाले भने ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय