Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड

2021-07-22 01-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ७ साउन । मोरङको उर्लाबारीमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ । फुटको संघारमा पुगेको एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा संस्थापन पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी तोडफोड गरिएको छ ।

संस्थापन पक्षले नगर कमिटी घोषणा गर्ने र सदस्यता नवीकरणका लागि भन्दै विस्तारित बैठक बोलाएको र भेला सुरु हुनुअघि बैठकस्थलमा राखिएका कुर्सी तोडफोड भएको उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले बताए ।

‘किन र कसले तोडफोड गर्‍यो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने । एमालेको संस्थापन पक्षले माधव नेपाल समूहका कार्यकर्ताले तोडफोड गरेको हुन सक्ने आशंका गरेको छ ।

तर, खानाल-नेपाल समूहका नगर संयोजक गंगा बाँस्तोलाले आफूलाई बैठकमा भएको तोडफोडबारे जानकारी नभएको बताए । संस्थापन पक्षले बोलाएको बैठकमा नजान निर्देशन दिएकाले आफूहरुको बद्नाम गर्न आरोप लगाइएको उनले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय