Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

मोरङमा फेरी एक साता थपियो निषेधाज्ञा, के–के गर्न पाईन्छ ? (सुचनासहित)

2021-07-22 07-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ७ साउन । कोरोना संक्रमण दर पुनः बढ्दै गएपछि मोरङमा फेरी एक साता निषेधाज्ञा थप गरिएको छ ।

कोरोना संक्रमणदर बढ्दै गएकाले प्रदेश राजधानी विराटनगरसहित मोरङका सवै पालिकामा खुकुलो प्रावधानसहित शुक्रबार विहान १ बजेदेखि आगामी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

डिसिसिएमसि बैठकले कोरोना संक्रमण फैलँदै गरेको र संक्रमणले मृत्यु दर पनि बढेकाले सामान्य खुकुलो प्रावधानसहित निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

उनले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गरि नागरिकको जिवन रक्षाका लागि थप उपायहरु अबलम्बन गर्न कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा(४) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम मोरङ जिल्लाभरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

हेर्नुहोस सुचनाः


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय