Logo

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने

Logo 2021-07-23 08-07    Hamro Biratnagar

काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी बल एपीएफ अस्पतालबाट पनि खोप लगाएको प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको खोप शाखाका निर्देशक डा. झलक गौतमले बताए ।

यसअघि टेकुबाट मात्र प्रमाणीकरण गर्ने गरिएको थियो । खोप कार्ड प्रमाणीकरण गर्ने अधिकांश रोजगारका लागि विदेश जाने कामदार रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?