Logo

नागरिकता विधेयक पारित गर्न माग गर्दै प्रदर्शन

Logo 2021-08-04 01-08    Hamro Biratnagar

संघीय संसदमा विचाराधीन नागरिकता विधेयक अविलम्ब पारित गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले आज नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

त्यस्तै नागरिकता नपाएर विगतमा गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने पनि उनीहरूको माग छ । प्रदर्शनकारीहरूले 'म इन्जिनियर नेपाली नागरिकता कहिले पाउने', 'हामी नागरिकताबिहीन नेपालीले नागरिकता कहिले पाउने' लगायतका प्लेकार्ड बोकेका थिए ।

आमाको नामबाट नागरिकता पाउनुपर्ने मागसहित उनीहरूले आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?