Logo

झापामा जारी निषेधाज्ञा कडा पार्दै साउन ३२ गतेसम्म थपियो

Logo 2021-08-06 07-08    Hamro Biratnagar

झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेका कारण उक्त सङ्क्रमणको रोकथाम र नियन्त्रणका निषेधाज्ञा पुनः कडा बनाइएको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कडा प्रावधानसहित साउन मसान्तसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार शुक्रबार मध्य राति १२ः०० बजेदेखि साउन ३२ गते मध्य राति १२ः०० बजेसम्म झापा जिल्लाभरि कडा प्रावधानसहितको निषेधाज्ञा लागू गर्न आदेश दिइएको हो ।

उक्त अवधिभरि अत्यावश्यक सेवा सञ्चालन गर्नेबाहेकका सरकारी कार्यालय तथा सार्वजनिक कार्यालयहरूले सेवा स्थगन गर्नुपर्ने भएको छ । अत्यावश्यक कार्यालयको हकमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्नुपर्ने छ ।

सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरूले कर्मचारी परिचयपत्रका आधारमा बिहान ९ः०० बजे देखि १०ः०० बजेसम्म तथा बेलुकी ५ः०० बजेदेखि ६ः०० सम्म मात्र सरकारी तथा निजी सवारीसाधनमा आवतजावत गर्न पाउने छन् । साथै अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयका कर्मचारीहरूको हकमा कर्मचारी परिचयपत्रका आधारमा सरकारी तथा निजी सवारीसाधनमा आवश्यकताअनुसार आवतजावत गर्न पाइने छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?