Logo

अत्याधिक गर्मीका कारण झापामा दुईजनाको मृत्यु

Logo 2021-08-06 08-08    Hamro Biratnagar

अत्याधिक गर्मीका कारण आज झापामा दुईजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नः ३ स्थित अनारमनी स्वास्थ्य चौकीअगाडि ३० वर्षिया कुमारी श्रेष्ठ मृत फेला परेकी हुन् ।

बिर्तामोड –१० सैनिकबजार घर भएकी उनी केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको उनका श्रीमान् मिलन श्रेष्ठले बताएका छन् ।

अत्याधिक गर्मीमा मदिरा सेवन गरेका कारण उनी ढलेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

त्यस्तै अर्जुनधारा ५ बस्ने ६० वर्षिय शुक्र दनुवारको माछा मार्दामार्दै ढलेर मृत्यु भएको छ । बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका उनी त्यही ढलेको प्रहरी नायव उपरीक्षक आचार्यले बताए । हिजोदेखि झापामा अत्याधिक गर्मी रहेको छ । प्रतिदिन दैनिकबाट

 


लोकप्रिय छुटाउनुभयो कि ?