Logo

विदेशबाट गर्भ बोकेर फर्किइन् २१ बर्षीय युवती, न्यायको खोजीमा भौतारिँदै

Logo 2021-08-07 05-08    Hamro Biratnagar

उर्लाबारी । परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी इलामको दानाबारीकी २१ बर्षीया ललिता परियार यतिबेला ७ महिनाको गर्भ बोकेर न्यायको खोजीमा छिन् ।

२ बर्ष बैदेशिक रोजगारीको क्रममा कतारमा काम गरेर फर्किकी ललिताको पेटमा अहिले ७ महिनाको बच्चा हुर्किरहेको छ । ललिता इलाम घर जान सकेकी छैन । परिवारले उनलाई स्वीकार गर्ने अवस्था नभएकाले झापाको विर्तामोडमा डेरामा बस्दै आएकी छिन् । कतारमै रहँदा ललिताको मुगुका अपिल बमसँग प्रेम बस्यो । उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो । सोही क्रममा उनीहरुको गर्भ बस्यो । आफु अविवाहित रहेको भन्दै कपिलले ललितालाई प्रेमजालमा पारे । त्यसपछि उनीहरुबीचको प्रेम झाँगिदै गयो ।

कतारबाट कपिल घर फर्किए । त्यसपछि ललिताले थाहा पाइन्, आफुलाई धोका दिएको । कपिलको श्रीमति र छोरीसमेत रहेको उनले थाहा पाइन् । त्यतिखेर ललिताको पेटमा कपिलको बच्चा हुर्किँदै गएको थियो । ललिताले त्यो बच्चालाई जन्म दिने निर्णय गरिन् । र, घर फर्किन् । त्यसपछि कपिल सम्पर्क बिहीन बने ।

पटक पटक सम्पर्क गर्दासमेत कपिलकी श्रीमतिले फोन उठाउने गरेकी छिन् । यतिबेला ७ महिनाको गर्भ बोकेर ललिता न्याय मागिरहेकी छिन् । कुनै संघसंस्थाले उनको न्यायका लागि पहल गरेको छैन । आफ्ना बेदनाहरु मिडियामार्फत पोखिरहेकी छिन् । न्यायका लागि सहयोगका लागि सबै पक्षमा उनले अपिल गरेकी छिन् ।


लोकप्रिय छुटाउनुभयो कि ?