Logo

सरकारले प्रदेशको नाम पनि दिएन, बस्ने ठाउँपनि दिएन, दाम पनि दिएनः सांसद संग्रौला

Logo 2021-08-08 03-08    Hamro Biratnagar

विराटनगर, २४ साउन । प्रदेश १ को प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद लोकप्रसाद संग्रौलाले प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

आइतबार प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद संग्रौलाले ४ वर्ष वित्न लागेपनि सरकारले नामाकरण गर्न नसकेर असक्षमता देखाएको आरोप लगाए ।

‘प्रदेशसभा सदस्य बनेको हिँजो जस्तो लाग्छ, तर ४ बर्ष बितिसकेछ । यो सरकारले नाम पनि दिए, राम्रो बस्ने ठाउँपनि दिएन । अनि दाम पनि दिएन ।’ उनले भने,‘के कारणले प्रदेशको नाम दिन सकेन । हामीमा आत्मविश्वासको अभाव हो की ? दृढताको अभाव हो की के कारणले छेकियो ?’

उनले प्रदेश सरकारले नामाकरण गर्न नसकेर प्रदेशको गरिमालाई अत्यन्त कमजोर बनाएको समेत आरोप लगाए ।


लोकप्रिय छुटाउनुभयो कि ?