Logo

प्रदेश १ः सत्तापक्षकै सांसदले भने—विकास निर्माणका काम अत्यन्त महंगो भयो, छानविन गरौँ

Logo 2021-08-08 04-08    Hamro Biratnagar

विराटनगर, २४ साउन । प्रदेश १ सरकारले थालेका विकास निर्माण कार्यको लागत अत्यन्त महंगो भएको सत्ता पक्षकै सांसदले आरोप लगाएका छन् ।

आइतबार प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको २४ औँ बैठकको शुन्य समयमा बोल्दै नेकपा (एमाले) का सांसद विमल कार्कीले प्रदेश सरकार मातहत थालिएका विकास निर्माण कार्य अत्यन्त महंगो देखिएकाले संसदीय समिति गठन गरि छानविन गर्न माग गरेका हुन् ।

उदपुरको त्रियुगा नदीको पुल जतिखेर सम्झौता भएको थियो त्यसको लागत ९ करोड ७६ लाख थियो । तर पाँचौ पटक संसोधित सम्झौता सहित अहिले ११ करोड २७ लाख पुगेको छ ।’ उनले भने, ‘प्रदेश सरकारले निर्णण गरेका पुल र निर्माण कार्य अत्यन्त महंगो देखिन्छ । प्रदेश सरकार मातहतका पुलहरुको निर्माण लागत अत्यन्त महंगो छ । यस विषयमा संसदीय समिति गठन गरि छानविन गर्न माग गर्दछु ।’

उनले उदपुरको त्रियुगा नदीमा निर्माण सम्पन्न नभई पुल बगाएको विषयमा छानविन गर्न माग गरे । ‘उदयपुरको त्रियुगा नदीमा बनाइएको निर्माणाधिन पुल यो वर्षको बाढीले भत्काएको छ, बगाएको छ । यो पुल पाँचौपटकसम्म म्याद थप गर्दा पनि पुल निर्माण सम्पन्न भएको छैन । पुलका ११ वटा स्पानमध्ये चार वटा बाढीले भत्काइ सकेको छ ।’ उनले भने,‘त्यस विषयमा सम्बन्धीत निकायले प्राविधिक रुपमा छानविन गरिरहेका छौँ भनिरहे पनि यसको अधिकार सम्पन्न संसदीय जाँचबुझ समिति बनाएर पत्ता लगाउन आवश्यक भएको छ । म छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गर्दछु ।’

 


लोकप्रिय छुटाउनुभयो कि ?