Logo

८ दिन अघिदेखि हराएकी उदयपुरकी १६ वर्षीया किशोरीको शव घरनजिकै सडेको अवस्थामा फेला

Logo 2021-08-10 11-08    Hamro Biratnagar

उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित मोहनपुर जंगलमा १६ वर्षीया किशोरीको शव सडेको अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धान अघि बढाएको छ। साउन १९ गते केही स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

घटनास्थलमा पुग्दा सड्न थालिसकेको अवस्थामा शव भेटिएको र तत्कालै अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने बताए। शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफुलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए।

 


लोकप्रिय छुटाउनुभयो कि ?