Logo

क्याम्पसअगाडि विद्यार्थीको प्रदर्शन, खोप लगाएर मात्र परीक्षा लिन माग

Logo 2021-08-10 12-08    Hamro Biratnagar

काठमाडौं, २६ साउन ।कोरोनाविरुद्धको खोप लगाएर मात्रै परीक्षा लिन माग गर्दै विद्यार्थीहरूले बागबजारस्थित पद्मकन्या क्याम्पसअगाडि प्रदर्शन गरेका छन् ।

परीक्षा दिन गएका विद्यार्थीहरूले क्याम्पसको गेटबाहिर केहीबेर प्रदर्शन तथा धर्ना दिएका थिए । प्रदर्शनका क्रममा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीहरूले भौतिक उपस्थितिमा परीक्षा लिँदा कोरोना सर्ने जोखिम रहने भन्दै सार्न माग गरिरहेका छन् । तर, त्रिविले भने भदौ ५ सम्मका परीक्षा स्थगित नहुने स्पष्ट पारिसकेको छ ।

यता राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?