Logo

कुटाकुट हुँदा एक जनाको मृत्यु, एक जना घाईते

Logo 2021-08-11 12-08    Hamro Biratnagar

सांकेतिक तस्वीर

विराटनगर : ओखलढुङगाको सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।

गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?