Logo

एक करोड रुपैयाँसहित हुण्डी कारोबार गर्ने ४ पक्राउ

Logo 2021-08-11 12-08    Hamro Biratnagar

हुन्डी कारोबार गर्ने चार जना झन्डै एक करोड रुपैयाँसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गणबहालबाट ९१ लाख ९६ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्ने ताहचलका ५३ वर्षीय तरुण अग्रवाल, तनहुँको भीमाद– १ का २५ वर्षीय नितेश श्रेष्ठ, रामेछाप देउराली– २ का २९ वर्षीय नरबहादुर खड्का र जोरपाटीका ३४ वर्षीय अर्जुन चौलागाईं रहेका छन् ।

हुन्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार तनुज इन्टरप्राइजेज प्रालिका नाममा उनीहरूले हुन्डी कारोबार गर्दै आएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?