Logo

जहदामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

Logo 2021-08-14 09-08    Hamro Biratnagar

प्रतीनिधीमुल्क तस्विर

विराटनगर : मोरङको जहदा गाऊपालिका ३ जयरामपुर बस्ने रबिया ऋषिदेवको १० बर्षीय गोलु ऋषिदेव खोलामा डुबेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे उनि साथीहरुसंग खद्रा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी घाईते भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटि गई घाईते बालकलाई उपचारको लागी कोशी अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?