Logo

कांग्रेस महाधिवेशन सर्‍यो, मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय

Logo 2021-08-14 07-08    Hamro Biratnagar

नेपाली कांग्रेसको १४औं महाधिवेशन तीन महिना पछि हुने भएको छ। केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले २०७८ मंसिरि ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ।

भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।

भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन असोज १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए। त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १३ गतेसम्मका लागि तोकिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?