Logo

अफगानिस्तानमा अन्तरिम सरकार बनाउन छलफल

Logo 2021-08-15 05-08    Hamro Biratnagar

अफगानिस्तानको राजधानी काबुल कब्जा गर्न तालिबान लडाकुहरू राजधानी प्रवेश गर्न थालेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सत्ता छोड्ने भएका छन् ।

राष्ट्रपति घानी शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणका लागि तयार भएपछि अफगानिस्तानमा अन्तरिम सरकार बनाउने प्रयास पनि सुरु भएको छ । अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले अन्तरिम सरकारलाई शक्ति हस्तान्तरण हुने बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रिय मेलमिलापका लागि उच्च आयोगका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले गरेको सहजीकरणपछि वार्ताका लागि काबुल पसेका तालिबानहरू राष्ट्रपति कार्यालय पुगेका थिए । उक्त वार्तापछि कार्यवाहक गृहमन्त्री अब्दुलले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण हुने बताएका हुन् ।

शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने भएकाले काबुलवासीलाई शान्त रहन गृहमन्त्री अब्दुलले आग्रह गरेका छन् । तालिबानका प्रवक्ताले पनि काबुलमा आक्रमण नगर्ने र वार्तामार्फत शक्ति हस्तान्तरणका लागि छलफल भइरहेको बताएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?