Logo

विराटनगर विमानस्थलको एक्स-रे मेसिन बिग्रिदा सुरक्षा चेकजाँचमा समस्या

Logo 2021-08-16 10-08    Hamro Biratnagar

विराटनगर : विराटनगर विमानस्थलमा रहेको एक्स-रे मेसिन बिग्रिदा सुरक्षा जाँचमा समस्या भएको छ। विमानस्थलको होल्ड ब्यागेज एक्स-रे मेसिन बिग्रिएर थन्किएको डेढ महिना भएको छ।

एक्स-रे मेसिन विग्रिएपछि प्रहरीले यात्रुका झोला, लगेज र पोकाभित्र राखिएका सामान हातैले चेकजाँच गर्नु परेको छ। यात्रुले पनि लाइनमा बसेर पालो पर्खिदै सामान चेकजाँच गराउनुपर्ने बाध्यता छ।

विराटनगर विमानस्थलबाट सौर्य, बुद्ध, यति र श्री एयरलाइन्सका जहाजले एक दिनमा १८ वटासम्म उडान भर्ने गरेका छन्। दैनिक एक हजार जनासम्मले यात्रा गरिरहेका हुन्छन्।


लोकप्रिय छुटाउनुभयो कि ?