Logo

प्रदेश १ मा आज एकैदिन २१ जनाको कोरोना संक्रमणबाट मृत्यु

Logo 2021-08-16 05-08    Hamro Biratnagar

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सुनसरीमा ६, उदयपुर, इलाम, झापा र मोरङमा ३–३, संखुवासभा, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा सोमबार ४९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?