Logo

दशैँ अघिनै प्रदेश १ सरकार परिवर्तन हुन्छः प्रमुख सचेतक कार्की

Logo 2021-08-17 06-08    Hamro Biratnagar

विराटनगर, १ भदौ । प्रदेश १ को प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अघि नै प्रदेश १ को सरकार परिवर्तन भइसक्ने दाबी गरेका छन् ।

आज विराटनगरमा पत्रकारहरूसँगको भेटमा कार्कीले यस्तो दाबी गरेकमा हुन् । संसदमा अविश्वासको प्रस्ताव आउला भन्ने डरकै कारण एकाएक प्रदेश १ को बजेट अधिवेशन अन्त्य गरिएको कार्कीले बताए ।

सरकार संसददेखि डरले जति भागेपनि सरकार परिवर्तन भएरै छाड्ने कार्कीले स्पष्ट पारे । सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेर केहि दिन भए पनि सत्तामा रहने बाटो खोजेको कार्कीको भनाई छ ।

केहि दिन सत्तामा रहेर आफूले गरेका गलत कामहरूको फाइल मिलाउन सरकारले संसदको अधिवेशन अन्त्य गरेको कार्कीको दाबी छ ।

प्रदेश १ मा सरकारले नै प्रतिपक्ष जस्तो भूमिका निर्वाह गरेको उनको भनाई छ । प्रदेश १ को चालु आर्थिक वर्षको बजेटसमेत नैतिक रुपमा फेल भएको उनको दाबी छ ।

प्रदेशको नामाकरणको विषय पनि सरकारकै कारण नभएको उनले बताए । उनले प्रदेश १ का मुख्यन्त्री शेरधन राईले यहि अधिवेशनबाट नामाकरण गर्ने भनेर दलका नेताहरूलाईसमेत वार्ताका नाममा मकै भुटे जसरी हल्लाएको कार्कीले टिप्पणी गरे । यहि अधिवेशनबाट नामाकरण हुन्छ भन्ने मुख्यमन्त्रीको थेगो मात्रै भएको कार्कीले आरोप लगाए ।


लोकप्रिय छुटाउनुभयो कि ?