Logo

ओखलढुङ्गामा आकाशे पानीका भरमा रोपाइँ

Logo 2021-08-17 04-08    Hamro Biratnagar

ओखलढुङ्गा, १ भदौ : आकाशे पानीको भर पर्नुपर्ने जिल्लाका अधिकांश किसानले यस वर्षको धान रोपाइँ ढिला सकाएका छन् । मूल फुट्नेगरी समयमै पानी नपरेको र सिँचाइको सुविधा नभएका स्थानमा साउनको अन्तसम्ममा आकाशे पानी सङ्कलन गरेर रोपाइँ गरिएको हो ।

जिल्लामा कूल चार हजार ४०३ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमै पानी नपर्नु र सबैतिर सिँचाइको सुविधा नहुँदा रोपाइँमा ढिलाइ भएको हो । ढिलो गरी रोपिएको धानबाट सोचेजस्तो उब्जनी नहुने केन्द्रका बाली विज्ञान संरक्षण अधिकृत गणेश अधिकारी खत्रीको भनाइ छ ।

धेरै धान रोपाइँ सिद्धिचरण नगरपालिकामा २१ प्रतिशत (९३२ हेक्टर) जमिनमा भएको छ भने सबैभन्दा कम खिजीदेम्बा गाउँपालिकामा चार दशमलव२९ प्रतिशत(१८९ हेक्टर( जमिनमा भएको छ ।

चिसङ्खुगढी गाउँपालिकाको ६८८ हेक्टर, मानेभञ्ज्याङको ३८६, मोलुङको ५९६, सुनकोशीको ५०८, चम्पादेवीको ५३८ र लिखुको ५६६ हेक्टर जमिनमा रोपाइँ भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?